दफा ४७
मत बराबर भएमा गर्ने
दफा ४४ बमोजिम मतगणना गर्दा दुई वा दुईभन्दा बढी उम्मेदवारहरुले पाएको मत सङ्ख्या बराबर भई निर्वाचित उम्मेदवार छुट्याउन नसकिने भएमा अदालतले मत बराबर पाउने उम्मेदवारहरु बिच गोला हाली निर्णय गर्नु पर्नेछ र त्यस्तो निर्णय बमोजिम छानिएको उम्मेदवारले एक मत बढी प्राप्त गरी निर्वाचित भएको मानिनेछ ।